Above Article Ad
  • डिभिजन प्रमुख पन्तको कम्पनीले ८ वर्षसम्म सेती अस्पतालको भवन अलपत्र

    Above Article Content Ad
  • धनगढीः हेभी इक्विप्मेन्ट गोदावरीका डिभिजन प्रमुख हरहिर पन्तको कम्पनीले ८ वर्षसम्म सेती अस्पतालको भवन अलपत्र छोडेको छ। हरहिर पन्तकी श्रीमती सञ्चालन रहेको थेगिमले ८ वर्षसम्म सेती अस्पतालको भवन निर्माणको काम पूरा नगरेको हो। हरहिरले श्रीमतीको नाममा निर्माण कम्पनी सञ्चालन गर्दै आएका हुन्।

    सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढी र रविना/थेगिम जेभीको बिचमा २०७४ कार्तिकमा सेती अस्पतालमा नयाँ भवन निर्माण गर्न सम्झौता भएको थियो। निर्माण कम्पनीले ३० महिनाभित्र अस्पताल भवन निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, सम्झौता भएको ९१ महिना हुँदा पनि भवन निर्माणको काम अलपत्र पारिएको हो। रविना/थेगिम जेभीले ३० महिनामा पूरा गर्नुपर्ने अस्पताल भवनको काम ९१ महिनासम्म पनि अधुरै छ। यता, हेभी इक्विप्मेन्ट गोदावरीका डिभिजन प्रमुख पन्तले फोन उठाएनन्।

    Article inline ad #1
  • सेती प्रादेशिक अस्पतालको सामाजिक इकाइ, ओपीडी, भिडिओ ए–क्सरे, स्वास्थ्य बीमा, सिटि स्क्यान लगायतका सेवा निर्माणधिन भवनबाट दिन थालिएको छ। तर, स्थान अभावका कारण सेवा विस्तार र ओपिडी सेवामा समस्या हुने गरेको छ। ओपीडि सेवाका लागि अस्पताल आउने बिरामीका लागि उक्त क्षेत्रमा स्थान अभाव देखिएको हो।

    Article inline ad #2

    निर्माण कम्पनीले अस्पताल भवन निर्माण गर्न १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरेको थियो। २०७७ वैशाखदेखि पटक–पटक म्याद थप्दा पनि भवन निर्माणले पूर्णता पाउन सकेको छैन। तोकिएको समयभन्दा तेब्बर समय भइसक्दा पनि भवन निर्माणको काम अलपत्र छ। ‘एक तला मात्र भएको छ। दोस्रो तलाको काम बाँकी नै छ। प्रसूति सेवा स्तान्तरण गर्ने योजना थियो। तर, पूरा भएको छैन। पुराना भवनमा प्रसूति सेवा हाल सञ्चालनमा छ,’ श्रेष्ठले भने।

    संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीका सूचना अधिकारी पुष्प भट्टले सेती अस्पतालको भवन निर्माण नसकिएको बताए। तर, चालु आर्थिक वर्ष भित्रमा भवनको काम पूरा हुने दाबी उनको छ। सहरीले निर्माण थालेको भवनको भुइ तलामा अस्पतालले सेवा सुरु गरेपनि माथिल्लो तलाको काम अलपत्र पारिएको हो। भट्टले भने, ‘रङरोगन, विद्युतीकरण, लिफ्ट यस्तो कामहरू बाँकी छ। यो आर्थिक वर्षमा सकिन्छ। तर, तलको तलामा भने, अस्पतालले सेवा सुरु गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by