
प्रहरी आएपछी पुनर्वासमा लघुवित्त संघर्ष समितीले निकाल्न खोजेको मसाल जुलुस कोण सभामा टुंगियो
पुनर्वास- लघिवित्त पिडितहरुको संजालले आईतबार साझ कंचनपुरको पुनर्वास स्थित आई.बी.आर.डी.बजारमा कोण सभा गरेको छ ।
केन्द्रिय सदस्य शुकमाया मोक्तानको नेतृत्वमा मसाल जुलुस निकाल्न खोजेपनी प्रहरीको आगमन पछि कार्यक्रम कोण सभामा टुंगिएको थियो ।
महिलाहरु प्रती लघुवित्त संस्थाहरुले देखाउदै आएको अत्याचार र अन्यायका विरुद्ध देशभर संघर्ष समितिले कार्यक्रम आयोजना गरेको केन्द्रिय सदस्य मोक्तानले जानकारी दिईन ।
उनले महिला दिदिबहिनीहरुलाई लघुवित्तका कारण नमर्नुस,बाच्नुपर्छ ।हाम्रो देशमा महिलाले पनि सुशासन चलाउनुपर्छ र केही गर्नुपर्छ भनेर यो अभियानका साथ अघि बढेको बताईन ।
लघुवित्तहरुले घरमा ताल्ला लगाउने,पालेका कुखुरा-बाख्रा लग्ने,धितो लिलाम गर्ने, गरगहना निकाल्न लगाउने जस्ता गतिविधि गर्दै आएकाले ७७ जिल्लाका महिला सडकमा उत्रन बाध्य भएको केन्द्रिय सदस्य मोक्तानको भनाई छ ।