Above Article Ad
  • बझाङमा२७ वर्षदेखि दर्ता विना सञ्चालन हुँदै आएको क्लिनिक सिल

    Above Article Content Ad
  • बझाङ – जिल्लाको केदारस्युँ गाउँपालिका–९ झोतामा रहेको ‘सुलभ क्लिनिक’ दर्ता विना २७ वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ। क्लिनिकमा किराना सामानदेखि अत्यधिक मात्रामा औषधि भण्डारण गरिएको भेटिएपछि जिल्ला प्रशासन कार्यालय बझाङले क्लिनिक शील गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा क्लिनिकले प्राविधिक मापदण्डको पालना नगरेको, औषधि व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएको र फार्मेसी सञ्चालन अनुमति नलिएको पाइएको थियो ।

    Article inline ad #1
  • अनुगमन टोलीले क्लिनिकमा फार्मासिष्ट नहुने, डेन्टल र आयुर्वेदिक सामग्रीहरू अव्यवस्थित रूपमा राखिएको, साथै किराना सामानसमेत बिक्री भइरहेको पाएको छ। यस्ता गम्भीर अनियमितता भेटिएपछि क्लिनिक तत्कालका लागि बन्द गरी शील गरिएको हो ।

    Article inline ad #2

    सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार क्लिनिक सञ्चालकलाई सात दिनभित्र सम्बन्धित प्रमाणपत्र तथा कागजातहरू पेश गर्न निर्देशन दिइएको छ । सो अवधिभित्र कानुनी प्रक्रिया पूरा नगरे थप कारबाही गरिने चेतावनी पनि दिइएको छ।

    यसै क्रममा अनुगमन टोलीले तमैल, भाणे, मौरीबगर, झोता, बागथला, बुंगल, बिजगडा, देउलेक र सुनकुडा बजार क्षेत्रका अन्य स्वास्थ्य संस्था, औषधि पसल तथा डेन्टल क्लिनिकहरूको पनि निरीक्षण गरेको छ। कतिपय संस्था दर्ता विना सञ्चालनमा रहेको, म्याद नाघेका औषधिहरू बिक्री गरिएको तथा निषेधित औषधिहरू भण्डारण गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

    त्यसमध्ये करिब ७ हजार रुपैयाँ बराबरका म्याद नाघेका औषधिहरू संकलन गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

    यसबाहेक, ट्राफिक प्रहरीसहित जिल्लामा सवारीसाधनको अनुगमन गर्दा रातो नम्बर प्लेटको गाडीमा यात्रु बोक्ने, चालक अनुमतिपत्र विना सवारी चलाउने र तोकिएको भन्दा बढी भाडा असुल्ने जस्ता अनियमितता भेटिएको छ। अनुगमन टोलीले २३ वटा सवारीसाधनलाई कारबाही गर्दै ४४ हजार ५०० रुपैयाँ बराबरको जरिवाना पनि असुल गरेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by