Above Article Ad
  • कञ्चनपुरमा ७५ वर्षीय आमालाई खुकुरी प्रहार गर्दा घटनास्थलमै गयो ज्यान, दिदीको अवस्था गम्भीर

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरमा ७५ वर्षीय सौतेनी आमालाई खुकुरी प्रहार गरी हत्या गरेको छ ।

    मंगलबार साँझ दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ सुर्खेती टोलका अन्दाजी ५० वर्षीय हरिप्रसाद श्रेष्ठले आफ्नै सौतेनी आमा र दिदीमाथि खुकुरी प्रहार गरेको हो।

    Article inline ad #1
  • खुकुरी प्रहारबाट ७५ वर्षीय सौतेनी आमा बिन्द्रा श्रेष्ठको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाको घटनास्थलमै मृत्यु भएपनि अन्दाजी ५४ वर्षीया भगवतीदेवी माँझी गम्भीर घाइते भएकी छन् । घाइते माँझीलाई दोधाराचाँदनी नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।

    Article inline ad #2

    अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ ।

    प्रहरीका अनुसार घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    घटनापछि फरार रहेका श्रेष्ठको खोजी कार्य तीव्र बनाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6