Above Article Ad
  • धनगढी र लम्कीबाट २१ जना जुवाडे नगदसहित पक्राउ

    Above Article Content Ad
  • धनगढी-कैलालीका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित हरि प्रसाद पडालको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि प्रसाद पडालसहित ७ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट नगद २५ हजार ४५० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • त्यसैगरी, लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारबाट गोपाल हमालको सपना नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा गोपाल हमालसहित १४ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट नगद ५० हजार १६० रुपैयाँ र ९ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ। दुवै स्थानबाट पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6