डडेलधुराको आलितालमा एकदिने निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न, २३ सय बढी पशुको उपचार
डडेलधुराको आलितालमा एकदिने निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । आलितालमा गाउँपालिका वार्ड नम्बर ६ को झारकाँडा क्षेत्रमा शिबिर संचालन गरिएको थियो । GRAPE परियोजना अन्तरगत हेफर प्रोजेक्ट नेपालको आयोजना र पशु बिकास शाखा आलितालको प्राबिधिक सहयोग तथा आलिताल– ६ को ब्यवस्थापन सहयोगमा शिबिर संचालन गरिएको थियो । शिबिरमा विशेष गरि बाख्रा, गाई गोरु, भैसी, कुकुर, बिरालो, लगायतको उपचार तथा औषधी बितरण गरिएको थियो ।
घर पालुवा जनवारको स्वस्थ्यलाई मध्य नजर गर्दै भेटनरीको पहुचबाट टाढा रहेको क्षेत्रमा शिबिर संचालन गरिएको हेफर प्रोजेक्ट नेपालका प्रोजेक्ट कोर्डिनेटर बिष्णु प्रसाद धितालले जानकारी दिनुभयो । शिबिरमा किसानहरुको सहभागीताले आफुलाई निकै खुशी लागेको उहाँले बताउनुभयो । उहाँले शिबिरबाट सो क्षेत्रका किसानले फाईदा तथा आफ्नो घरमा पालिएको पशुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने समेत जानकारी पाएको बताउनुभयो ।
पशु स्वास्थ्य शिबिरबाट एक सय घरधुरीका किसानले सेवा लिएका छन । जसमध्ये १ हजार ७ सय ४० बाख्रा, ४ सय २६ गाईगोरु, ९७ भैंसी तथा ७८ कुकुर बिरालोका लागि औसधि बितरण संगै परामर्श उपलब्ध गराईएको हेफर प्रोजेक्ट नेपालका प्रोजेक्ट कोर्डिनेटर बिष्णु प्रसाद धितालले जानकारी दिनुभयो । कुल २ हजार ३ सय ४१ पशुको उपचार तथा परामर्श सेवा उपलब्ध गराईएको उहाले बताउनुभयो ।
निशुल्क रुपमा शिबिरबाट औषधी बितरण संगै पशु उपचार तथा परामर्श सेवा लिन पाँउदा सो क्षेत्रका किसानले खुशी व्यक्त गरेका छन् ।