Above Article Ad
  • मध्यपूर्व तनावबीच इजरायलमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

    Above Article Content Ad
  • काठमाडौ- इजरायलस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।

    दूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो

    Article inline ad #1
  • राजदूतावासद्वारा जारी सूचनामा इजरायलमा रहेका सबै नेपालीलाई सुरक्षा सम्बन्धी निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ। विशेषगरी इजरायली निकाय तथा होम फ्रन्ट कमान्डबाट जारी गरिने सुरक्षा परामर्श र निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न दूतावासले सचेत गराएको छ।

    Article inline ad #2

    दूतावासले सकेसम्म घरभित्रै सुरक्षित रहन, सधैं सतर्कता अपनाउन र आफू बसोबास गरिरहेको क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन सुझाव दिएको छ। साथै, सम्बन्धित इजरायली निकायबाट पूर्वअनुमति नलिई अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ।

    स्थानीय समाचार, आधिकारिक सूचना र आपतकालीन चेतावनीहरू निरन्तर रूपमा अनुगमन गरी अद्यावधिक अवस्थाबारे जानकारी राख्न दूतावासले आग्रह गरेको छ। त्यस्तै, तेल अभिवस्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्क र समन्वय कायम राख्न पनि अनुरोध गरिएको छ।

    दूतावासले नजिकै तोकिएका सुरक्षित आश्रयस्थल ९सेल्टर० वरपर रहन विशेष आग्रह गर्दै आवश्यक परेमा थप अद्यावधिक सूचना जारी गरिने जनाएको छ।

    कुनै आपतकालीन अवस्था वा सहयोग आवश्यक परेमा नेपाली नागरिकले तेल अभिवस्थित नेपाली राजदूतावासको आपतकालीन नम्बर +972-545582077 मा सम्पर्क गर्न सक्नेछन्। साथै telaviv@nepalembassyil.com इमेलमार्फत पनि सहयोग लिन सकिने दूतावासले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by