Above Article Ad
  • बैतडीको पुर्चौडीमा ज्वरोले दाजुभाइको मृत्यु

    Above Article Content Ad
  • धनगढी- बैतडीको पुर्चौडी नगरपालिका-१० महरगाउँमा एकै घरका दुई बालकको मृत्यु भएको छ।

    ज्वरोका कारण महरगाउँका स्थानीय कैलाश महरा र मानमती महराका १३ वर्षीय छोरा विनोद महरा र १० वर्षीय छोरा विकाश महराको मृत्यु भएको वडा सदस्य विष्णु अवस्थीले जानकारी दिए। महरा दम्पतीका दुई मात्रै सन्तान रहेकोमा दुबैको ६ दिनको अन्तरालमा दुःखद मृत्यु भएको वडा सदस्य अवस्थीले बताए।

    Article inline ad #1
  • कक्षा ७ मा अध्ययन गरिरहेका विनोदको फागुन ११ गते तथा कक्षा ५ का विद्यार्थी विकासको आज मृत्यु भएको अवस्थीले बताए। दुबै बालकलाई सुरूमा ज्वरो आएको र ज्वरो आएको दुई/तीन दिनपछि ज्यान गएको वडा सदस्य अवस्थीले बताए।

    Article inline ad #2

    ६ दिनको अन्तरमा एकै घरका दुई बालकको ज्वरोका कारण मृत्य भएपछि स्थानीयले फोन मार्फत नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेका थिए। पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बिहान साढे नौ बजे खबर प्राप्त गर्नासाथ स्वास्थ्यकर्मीको टोली लिएर महरगाउँ प्रस्थान गरेको जानकारी दिए।

    स्वास्थ्य शाखा प्रमुख कुँवरका अनुसार बिरामीहरूमा उच्च ज्वरो आउने, वान्ता हुने र जिउ दुख्ने लक्षण देखिएको बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्यकर्मीको टोली गाउँमा आउन लागेको वडा सदस्य अवस्थीले बताए।

    कैलाश र मानमती महराले आफ्ना दुई सन्तान ६ दिनको अन्तरमा गुमाउनु परेकाले दुबै विक्षिप्त अवस्थामा रहेको बताइएको छ। एकै घरका दाजुभाइको ज्यान गएकाले पूरै गाउँ शोकमग्न हुनुका साथै गाउँमा रोगको त्राससमेत फैलिएको बताइएको छ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुँवरले डाक्टर, स्वास्थ्यकर्मी र ल्यावसहित महरगाउँका लागि हिँडेको बताएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by