
डडेल्धुरामा घरमाथि रूख ढल्दा बुहारीको मृत्यु, सासू घाइते
Above Article Content Ad
डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा बुधवार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा एक महिलाको ज्यान गएको छ।
घरमाथिबाट सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको घटनास्थलमै ज्यान गएको छ भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन्।स्थानीयले बिहान करिब ६ बजेतिरको समयमा घटना भएको बताएका छन्। घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राधा कामीको कम्मर र टाउकोमा चोट लागेको छ।मृतक रविना कामीका एक छोरा र एक छोरी छन्। प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















