Above Article Ad
  • पुनर्वासका मनकारी व्यवसायी लक्ष्मण थापाद्वारा १ सय २१ विद्यार्थीलाई ट्रेकसुट सेट सहयोग

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-४ का विद्यार्थीहरुलाई ट्रेकसुट सेट सहयोग गरेका छन् ।

    सोमबार पुनर्वास नगरपालिका-३ निवासी मनकारी व्यवसायी लक्ष्मण थापाले पुनर्वास नगरपालिका-४ का दुई विद्यालय महाकाली र नमुना रामजी आधारभूत विद्यालयका १ सय २१ जनालाई ट्रेकसुट सेट सहयोग गरेका हुन् ।

    Article inline ad #1
  • अमेरिकाको नर्थ क्यारोलिनामा कर्म थलो बनाउदै आउनुभएका मनकारी व्यवसायी थापाले असहाय र आर्थिक अवस्था कमजोर भएकाहरूको सहयोगका लागि आफू सकारात्मक रहने बताए ।

    Article inline ad #2

    त्यसैगरी,उनकी धर्मपत्नी मिना कुमारी बिष्ट थापाले चिसो समयमा विद्यार्थीहरुका लागि न्यानो लुगाको समस्या रहेको भन्ने सुनेपछि सहयोग गर्ने ईच्छा भई विद्यार्थीहरुका लागि ट्र्याक सुट सहयोग गरेको जानकारी दिईन ।
    उनले गर्मी समयमा विद्यार्थीहरुका लागि खानेपानीको व्यवस्था र सक्ने सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

    आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोगका लागि सदैब तत्पर रहने उनका छोरा ओम बिक्रम (बिक्की) थापाले बताए ।

    त्यस्तै, पुनर्वास नगरपालिका-४ का वडाध्यक्ष मनोज जैशीले आफ्नो वडाका विद्यार्थीहरुलाई गरेको सहयोग प्रती उच्च सम्मान गर्दै नगरपालिकाले दिएको चालू बजेट लाई प्रयोग नगरी मनकारी व्यक्तिहरुको सहयोगबाट समस्या समाधान गरिरहेको बताए ।

    वडाभित्र बसोबास गर्ने हाल वैदेशिक रोजगारीका क्रममा रहेका व्यक्तिहरुबाट आर्थिक संकलन भईरहेको र वडाका तीन विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि न्यानो लुगा वितरण गर्ने तयारी रहेको उनको भनाई थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by