Above Article Ad
  • सामाजिक अभियन्ता बिष्टद्वारा क्यान्सरबाट ग्रसित पुनर्वासकी चन्द्र खातीलाई २ लाख ८७ हजार सहयोग रकम हस्तान्तरण

    Above Article Content Ad
  • पुनर्वास: प्राणघातक रोग क्यान्सरबाट ग्रसित भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, भीम बस्ती निवासी  क्यान्सर पीडित चन्द्र कुमारी खाती (बयाडी)लाई २ लाख ८७ हजार रुपैयाँ सहयोग गरिएको छ।

    प्रवासमा रहेर सामाजिक अभियन्ताको रुपमा परिचित पुनर्वास नगरपालिका-१० भीमबस्तीकै स्थानिय युवा खगेन्द्र विष्टद्वारा सञ्चालन गरिएको सहयोग अभियानमार्फत संकलित उक्त रकम सामाजिक अभियन्ता लक्ष्मी वोगटी कुवरद्वारा पीडित पक्षलाई मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

    Article inline ad #1
  • गम्भीर रोगसँग जुधिरहेकी चन्द्र कुमारीको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा कठिनाइ भइरहेको थियो। यो अवस्थालाई देखेर विष्टले भारतमा रहेका नेपाली समुदायसँग समन्वय गरी सहयोग संकलनको पहल गरेका थिए।
    रकम हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो ।

    Article inline ad #2

    पीडितका श्रीमान् लाल बयाडीले सहयोगदाताप्रति आभार प्रकट गर्दै यस्तो कठिन समयमा साथ दिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

    सामाजिक अभियन्ता वोगटी कुवरले मानवीय सेवामा लागिरहन युवाहरूको योगदान सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यमा साथ रहने प्रतिबद्धता जनाइन् ।
    यसअघि पनि सामाजिक अभियन्ता बिष्टले थुप्रै प्राणघातक रोगबाट ग्रसित व्यक्तिहरू र जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइतेलाई समेत सहयोग संकलन गरी रकम हस्तान्तरण गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6