Above Article Ad
  • कैलालीमा ढलेको रूखले लागेर गम्भीर घाइते शिक्षकको मृत्यु

    Above Article Content Ad
  • धनगढी : कैलालीमा हावाहुरीले ढलेको रूखले लागेर गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ।

    शुक्रवार बिहानको हावाहुरीले ढलेको रूखले चोट लागेका राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घोडाघोडी नगरपालिका–१, सुन्दर टोलका भण्डारीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको बताए। बिहान चलेको हावाहुरीका कारण सालको रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए ।

    Article inline ad #1
  • भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। तर, त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पताल ल्याइएको थियो। भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6