Above Article Ad
  • पुनर्वासमा क्षयरोग पहिचानका लागि आधुनिक प्रविधिको प्रयोग

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुर ११ माघ २०८२ स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा तथा पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा क्षयरोग मुक्त पालिका अभियान* अन्तर्गत आर्टिफिसियल ईन्टिलिजेन्ट आधारित अत्याधुनिक एक्सारे मार्फत क्षयरोग (TB) परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

    पुनर्वास नगरपालिका वडा नं. २ स्थित सहरी स्वास्थ्य केन्द्रमा आयोजित उक्त शिविरमा २१८ जना सेवाग्राहीले आर्टिफिसियल ईन्टिलिजेन्ट आधारित अत्याधुनिक एक्सारे सेवा लिएका थिए। परीक्षणका क्रममा २४ जनामा फोक्सोमा क्षयरोगसँग मिल्दोजुल्दो दाग देखिएको र थप पुष्टि का लागि खकारको नमूना संकलन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। तीमध्ये ११ जना महिला र १४ जना पुरुष रहेका छन्।

    Article inline ad #1
  • शिविर अवधिभर डा. दिलीप देउबाले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो। उहाँले क्षयरोग समयमै पहिचान गरी उपचार सुरु गर्न सकेमा पूर्ण रूपमा निको पार्न सकिने उल्लेख गर्दै जोखिम समूहमा रहेका व्यक्तिहरूले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

    Article inline ad #2

    सहरी स्वास्थ्य केन्द्रकी प्रमुख लक्ष्मी गौडेलले क्षयरोग रहित पालिका अभियान अन्तर्गत समुदायस्तरमै यस्ता शिविर सञ्चालन गर्दा क्षयरोगको समयमै पहिचान र नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार आर्टिफिसियल ईन्टिलिजेन्ट आधारित आधुनिक एक्स-सारे प्रविधिले छिटो, सहज र प्रभावकारी रूपमा रोग पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको*छ।

    कार्यक्रममा पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य अधिकृत यज्ञ खड्काको समेत उपस्थिति रहेको थियो। उहाँले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिदिएकोमा स्वास्थ्य कार्यालय कञ्चनपुरलाई धन्यवाद व्यक्त गर्दै, पुनर्वास नगरपालिका क्षयरोगको दृष्टिले संवेदनशील क्षेत्र भएकाले जिल्लास्तरबाट पुनर्वासलाई प्राथमिकतामा राखी यस्ता जनस्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई औंल्याउनुभयो।

    यसैबीच, शिविर सफल बनाउन शिविरअघि एकदिने अभिमुखीकरण कार्यक्रम पुनर्वास नगरपालिका वडा नं. २ स्थित सहरी स्वास्थ्य केन्द्रका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। अभिमुखीकरणपछि स्वयंसेविकाहरूले समुदायस्तरमा नाम दर्ता, जोखिम समूह पहिचान तथा सेवाग्राहीलाई शिविरसम्म ल्याउन सक्रिय भूमिका निर्वाह गरेका थिए।

    स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अन्य वडाहरूमा पनि स्वास्थ्य शाखाको बजेटबाट यस्ता शिविरहरू पुनः सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    स्थानीय तह, स्वास्थ्यकर्मी तथा समुदायको सहकार्यमा सञ्चालन गरिएको यस प्रकारको शिविरले क्षयरोग रहित पुनर्वास’ को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6