Above Article Ad
  • धनगढीमा आफ्नै भाइको कैँची प्रहारबाट दाइको मृत्यु

    Above Article Content Ad
  • धनगढी । धनगढीमा भाइले कैँची प्रहार गर्दा दाइको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोलका ३५ वर्षीय लालबहादुर बोहराको आफ्नै भाइले कैँची प्रहार गर्दा गएराति मृत्यु भएको हो ।

    घरायसी विवादका क्रममा मृतक लालबहादुरका ३० वर्षीय भाइ प्रकाश बोहराले शनिबार राति उनीमाथि कैँची प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । घाँटीमा कैँची प्रहार गरिँदा गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुगाइएकोमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

    Article inline ad #1
  • बोहराको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र प्रकाशलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by