Above Article Ad
  • पुनर्वास स्विमिङ्ग काण्ड : ६० लाख भ्रम ४२ लाख बढि खर्च यथार्थ, योजना अलपत्र

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा अवस्थित जनजागरण सामुदायिक बनमा बनाउँन सुरु गरेको स्विमिङ्ग पुल बजेट अभावका कारण अलपत्र परेको छ ।

    ३ वर्ष अगाडी शिलन्यास गरिएको स्विमिङ्ग पूलको आर्थिक अभावका कारण योजना अलपत्रमा परेको हो । योजना अलपत्रपछि विभिन्न सामाजिक सञ्जालबाट करिब ६० लाखको बजेटमा बनेको स्विमिङ्ग पूल र भवन भनेर तिव्र आलोचना पछि जनजागरण सामुदायिक बन समितिका पदाधिकारीहरुले बुधबार पत्रकार सम्मेलन मार्फत खर्च विवरण सार्वजनिक गरेको छ ।

    Article inline ad #1
  • स्विमिङ पूल ६० लाख भनेर सामाजिक सञ्जालमा देखिएका तथ्य झुठो ठहर भएको भन्दै समितिका अध्यक्ष कृष्णबहादुर तामाङले हालसम्म वास्तविक खर्च आर्थिक वर्ष २०७६÷०७७ मा पूर्व खानेपानी मन्त्री बीना मगरको संसद विकास कोषबाट ९लाख ७३ हजार ४ सय ७७ रुपैयाँ, त्यस्तै आ.व. २०७७÷०७८ मा पुनर्वास नगरपालिका कार्यालय र संसद विकास कोषको १४ लाख ७२ हजार ९ सय ५६ रुपैयाँ निकासा र सामुदायिक बनको १७ लाख ८७ हजार रुपैयाँ गरी जम्मा ४२ लाख ३४ हजार भएको जानकारी दिनुभएको थियो ।

    Article inline ad #2
  • सो रकममा चेन्जिङ रुमका रुपमा एकतले पक्की भवन नेपाल सरकारको मापदण्ड अनुसार हात्ती पाईले डिजाईनबाट करिब २२ लाख लागतमा निर्माण गरिएको छ । भवनमा थप मार्बल र पानीका टुटी, सावर लगायतको खर्च ६ लाख र साँढे चार लाख बराबरको केमिकल,वाटर क्लिनिङ मेशिन लगायतका अन्य सामाग्री खरिद गरि स्टक अवस्थामा रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

    उहाँले स्विमिङ्ग पुल, केहि टहरा र पूल वरिपरि भुईमा ब्लक,घेरबार लगायतका कार्यको लागत अवधारण ६७ लाखको भएपनि हालसम्म करिब १० लाख सम्म मात्रै खर्च भएको सुनाउनुभयो । सामुदायिक बनको वैज्ञानिक बन अवधारण सरकारबाट खारेज भएपछि र त्यसैमाथी कोभिडका कारण पनि हामी योजना सम्पन्न गर्नमा असफल भएको अध्यक्ष तामाङ्गको भनाई छ ।

    त्यसैगरि समितिका परि रावलले एकमुष्ट रकम नआएर चरणबद्ध रुपमा बजेट आउँदा पनि काम अलपत्र स्थितिमा भएको बताउनुभयो । “पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न ल्याएको सो योजनाको डिपिआरमा मात्रै दुई लाख खर्च गरेका छौ । यो योजना मात्रै हैन पुनर्वासका अन्य थुप्रै योजनाहरु अलपत्र अवस्थामा छन् ।” रावलले भन्नुभयो, “सामाजिक सञ्जालमा आएका कुरामा सत्यता नभई अपवाह फैलाउन खोजिएको छ ।”

    सार्वजनिक लेखापरिक्षण गरेको माईन्यूटमा अभिलेख छन्,जनता माझ यसको खर्च अनुमोदन गरि साधारणसभामा पनि पेश गरेका छौ । बजारमा गरिएको हल्ला तथ्यहिन भएको भन्दै समितिका कोषाध्यक्ष करन ऐडीले आपत्ति रहेको बताउनुभयो ।

    योजना पुरा गर्न बन समितिको आफ्नो आयस्रोत नहुँदा योजना पूरा हुने विषय अझै अन्यौलमा छ । बन समिति स्थानिय, प्रदेश र संघिय सरकारको बजेटको आशामा देखिन्छ । सो योजना पूरा हुन सके पुनर्वास नगरपालिकाकै पर्यटकीय क्षेत्रका रुपमा बिस्तार हुने स्थानीयकोे बुझाई छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button