Above Article Ad
  • कैलालीमा ६ जनाबाट ६ ग्रामबढी ,ड्रग्सको तस्करी र कारोबार

    Above Article Content Ad
  • धनगढी: कैलालीमा ड्रग्सको धन्दा मौलाउदै गएको छ। खुला सीमानाका तथा सेवनकर्ताको बिगबिगीले कारोबार बढेको हो।

    भारतबाट ड्रग्सको तस्करी र कारोबार बढेपछि प्रहरीले पनि सक्रियता बढाएको छ। धनगढीमा विभिन्न प्रहरीकै टोलीले ड्रग्स नियन्त्रणमा काम गरिरहेका छन्।

    Article inline ad #1
  • यसैक्रममा कैलाली प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्दा ६ ग्राम ८८० मिलिग्राम लागु औषध (खैरो हेरोइन) सहित ६ जनालाई पक्राउ गरेको छ।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फागुन ५ गते धनगढी उपमहानगरपालिका-२ ब्यारेल क्षेत्रबाट एक संयुक्त प्रहरी टोलीले सु.प.प्र. ०१०१२ प ७४९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक विनोद गिरी (१९) को हेल्मेटभित्र लुकाइराखेको ५ ग्राम १०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो।

    उक्त मोटरसाइकलका पछाडि सवार बाजुरा बुढीगंगा-४ निवासी देबेन्द्र खाती (२३ वर्ष) लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

    त्यस्तै, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१९ लल्लिपुरबाट अनुज ओखेडा (१६) र रुपेन्द्र रावल (२७) को साथबाट ९३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

    यस्तै, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट जुगेडाको संयुक्त टोलीले धनगढी-१२ बि गाउँबाट शेर बहादुर भण्डारी (३५) र आशिष ढाँट (२१) लाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ८५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका ६ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। प्रहरीले लागु औषध ओसारपसार तथा विक्रीवितरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6