
सुदूरपश्चिम प्रदेश कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै उत्कृष्ट
धनगढीः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यसवर्ष पहिलो बनेको छ।
यस्तै स्थानीय तहहरुमा देशभरमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो भएको छ। अमरगढी नगरपालिकाले ८१ दशमलव ७ ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै उत्कृष्ट पाँच स्थानीय तहमा अमरगढीसँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका रहेका छन्। इलामको सूर्योदय नगरपालिकाले ८० दशमलव २ अंक ल्याएको छ भने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले ८० दशमलव १, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८ दशमलव २, स्याङ्जाको आँधिखोला गाउँपालिकाले ७८ अंक ल्याएको छ।
यस्तै महानगरपालिकातर्फ भरतपुर महानगरपालिका सबैभन्दा अगाडि रहेको छ। भरतपुरको ७६ दशमलव २ अंक आएको छ भने दोश्रोमा विराटनगर महानगरपालिका ७३ दशमलव ५, तेस्रोमा ललितपुर महानगरपालिका ६६ दशमलव ७, चौथोमा काठमाडौं महानगरपालिका ५४ दशमलव ३, पाँचौंमा पोखरा महानगरपालिका ५१ दशमलव ५ र छैटौंमा विरगञ्ज महानगरपालिका ४३ दशमलव १ अंक ल्याएका छन्।
I am really impressed along with your writing skills and also with the structure in your blog. Is that this a paid subject or did you modify it yourself? Anyway stay up the excellent quality writing, it is uncommon to look a nice weblog like this one today!