Above Article Ad
  • डडेल्धुरामा एक महिला मृत फेला

    Above Article Content Ad
  • डडेल्धुरा-डडेल्धुरामा एक महिला मृत भेटिएको घटनामा एक जना प्रहरी पक्राउ परेका छन्।

    जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने भागेश्वर गाउँपालिकाकी सरिता गिरी मृत भेटिएको घटनामा प्रहरीका चालक यज्ञ साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साउद जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। मृत्युअघि गिरीले सामाजिक सञ्जालमा ती प्रहरीसँगको सम्बन्ध खुल्नेगरि कुराहरू उल्लेख गरेकी छन्।

    Article inline ad #1
  • सोही आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृतकका श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको खुलेको छ। मृतक महिला र पक्राउ परेका साउदबीच अनैतिक सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6