
ब्राउन सुगर प्रकरण : माओवादी नेता बि.सी.सँगै पक्राउ परेका महरा पुर्व प्रहरी , को हुन् तेश्रो फरार ?
तर यति ठुलो परिणामको लागुऔषध काँहा पुर्याइदै थियो ? यसमा थप संग्लन दुई जना नै हुन की अरु पनि छन् ? लागायतका थुप्रै प्रश्न अहिले आम जनमानसमा खेलिरहेको छ।

पक्राउ परेका मध्येका एक दिपक बिसी मआवादीका नेता सँगै युवा परिषद्को कञ्चनपुर जिल्ला अध्यक्ष समेत हुन् । भने अर्का को हुन भन्ने आधिकारिक रुपमा प्रहरीले जानकारी दिएको छैन ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका अर्का व्यक्ति महरा पुर्व प्रहरी जवान हुन । महराले २०६९ तिर प्रहरीको जागिर छाडेर बस व्यवसायमा लागेको मौखिक बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।जागिर छाडेर बस किनेर व्यवसायमा लागेका महरा व्यवसायमा पनि घाटा लागेपछि लागुऔषध तिर लागेको प्रहरीलाई बताएको स्रोतले भन्यो ।
हामिलाई प्राप्त जानकारी अनुसार यस घटनामा तेस्रा व्यक्ति भने फरार रहेका छन ।स्रोतले जानकारी दिए अनुसार दुई जना पक्राउ पर्नु अघि नै तेस्रा व्यक्ति फरार भैसकेका थिए ।
फरार व्यक्ति को हुन भन्ने प्रहरीले जानकारी दिएको छैन । स्रोतले जानकारी दिए अनुसार फरार व्यक्ति पनि पक्राउ परेका मध्येका एक बीसी झै पदका व्यक्ति हुन । दुबै पार्टिसँगै युवा परिषदमा आवद्ध रहेको स्रोतले जनाएको छ ।
प्रहरीले फरार रहेका व्यक्तिको खोजी तिब्र पारेको छ । पक्राउ परेकामाथि अहिले अदालतबाट १० दिन म्याद थप गरि अनुसन्धान भैरहेको छ । बाकी छिट्टै प्रहरीको अनुसन्धानबाट अन्य संलग्नहरूको पहिचान र घटनाक्रमका बारेमा सार्वजनिक हुने नै छ।















