
कैलालीको टीकापुरमा प्रमुखको कार्यकक्षमा तालाबन्दी
Above Article Content Ad
टीकापुर : कैलालीको टीकापुर नगरपालिकाका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । पालिकाकै तीन जना वडाध्यक्ष र केही कार्यपालिका सदस्यहरूले शुक्रवार तालाबन्दी गरेका हुन । उक्त तालाबन्दी आइतबार पनि जारी रहेको छ ।
कार्यवाहक नगरप्रमुख लालवीर चौधरीले ताला खुलाउन समन्वयको प्रयास भइरहेको बताएका छन् । यद्यपि उनी शुक्रवार नै एक कार्यक्रममा सहभागी हुन काठमाण्डौं गएका छन् ।
Article inline ad #1
तालाबन्दी गर्नेमा वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषि विकका साथै कार्यपालिका सदस्यहरू दीपक निसानी, मञ्जु विक, सरस्वती तिरुवा र राजरानी चौधरी रहेका छन् ।
Article inline ad #2
उनीहरूले ४७ औँ कार्यपालिका बैठकको निर्णयमा लिखित असहमति राख्न रोक लगाएको भन्दै तालाबन्दी गरेको बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad