Above Article Ad
  • टिभी टुडेका सुदूरपश्चिम प्रदेश निर्देशक पत्रकार अनिल पन्त सम्मानित

    Above Article Content Ad
  • कैलाली — टिभी टुडे टेलिभिजनका सुदूरपश्चिम प्रदेश निर्देशक तथा पत्रकार अनिल पन्त सम्मानित हुनुभएको छ।

    गोदावरी नगरपालिका–६, लालपुरमा रहेको कल्प पाठशालाले आफ्नो १६औँ वार्षिक उत्सव २०८२ को अवसरमा पत्रकारिता तथा सञ्चार क्षेत्रमार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।

    Article inline ad #1
  • दार्चुला जिल्लामा बुवा स्वर्गीय धनदेव पन्त र आमा उमादेवी पन्तको पुत्ररत्नका रूपमा जन्मिएका पन्त विगत करिब एक दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ। उहाँले विशेषगरी सुदूरपश्चिम प्रदेशका दुर्गम तथा पिछडिएका क्षेत्रका समस्या, शिक्षा र स्वास्थ्यका सवाल, सामाजिक विकृति–विसंगति, भ्रष्टाचार तथा अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै जनतालाई सुसूचित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

    Article inline ad #2

    टिभी टुडे टेलिभिजनमार्फत तथ्यपरक, निष्पक्ष र जनमुखी समाचार सम्प्रेषण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याएको भन्दै विद्यालयले उहाँको कार्यको उच्च मूल्याङ्कन गरेको जनाएको छ।

    सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कल्प पाठशालाले हरेक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा शिक्षा, सञ्चार, खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6