Above Article Ad
  • एमाले कार्यकर्तालाई हरेक मतदातासँग सम्पर्क बढाउन अध्यक्ष ओलीको निर्देशन

    Above Article Content Ad
  • झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका छन् ।

    शुक्रबार झापा क्षेत्र नम्बर–५ को क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टी पंक्तिलाई जनताको घरघरमा पुग्न र मतदातालाई एमालेलाई मत दिने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

    Article inline ad #1
  • अध्यक्ष ओलीले एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएको समेत बताएका छन् । केन्द्रीय सदस्य,प्रदेश सदस्य,जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरू सहभागी सो बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न तथा दृढताका साथ निर्वाचन प्रचारमा लाग्न निर्देशन दिएका हुन् ।

    Article inline ad #2

    ‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिति के थियो ? अहिले कस्तो छ ?’ त्यति बेला धुलाम्मे सडक मात्र थिए । पिच हेर्न राजमार्ग जानुपर्थ्यो’ अध्यक्ष ओलीले भने, ‘अहिले गाउँ टोलसम्म नै पिच सडक पुगेको तपाईंहरुले देख्नुभएको छ । यो एमालेको नेतृत्वले गरेको हो । जनताले यो कुरा बुझेका छन् । तर एक पटक स्मरण गराउनु पर्दछ ।’

    अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्देश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी समेत गरेका छन् । नवयुवाहरूले सुरु गरेको आन्दोलन र उठाएका मागहरू नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उनको भनाइ छ ।

    ‘ती घटनाहरू देखाएर एमालेलाई दोषी करार गर्न खोजिँदै छ’ अध्यक्ष ओलीले भने, ‘यस्ता आधारहीन कुराको प्रतिवाद गर्नुपर्दछ । यसका लागि सम्पूर्ण पार्टी पंक्तिलाई जनताका घर घरमा पुर्याऔं । हरेक मतदातासँग सम्पर्क बढाऔँ ।’
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by