
बाजुराकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार
धनगढी: बाजुराकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
उद्धार गरिएकी महिलालाई कर्णाली प्रदेश अस्पतालमा लगिएको छ। बाजुराको हिमाली गाउँपालिकाकी १७ वर्षीया जुनिता थापा कोल्टीबाट कक्षा १२ को परीक्षा दिएर घर जाने क्रममा गाडी दुर्घटनामा परी घाइते अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल ल्याइएको नेपाली सेनाले बताएको छ। जुनिताको हात भाँचिएको छ भने टाउकामा धेरै चोट लागेको छ। उनी ७ महिनाकी गर्भवती हुन्।उनलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्र्तगतको राष्ट्रपति महिला उत्थान कार्यक्रममामार्फत उद्धार गरिएको हो।


























