
नेपाल भारत मैत्री संघ पुनर्वासको मैत्री सभा तथा पाचौं अधिवेशन कार्यक्रम सम्पन्न
Above Article Content Ad
पुनर्वास— नेपाल भारत मैत्री संघ पुनर्वासको पाँचौ मैत्री सभा तथा अधिवेशन शनिबार पुनर्वासमा सम्पन्न भएको छ । नेपाल भारत को मैत्रीपूर्ण सम्बन्ध सौहार्दपुर्ण होस भन्ने उदेश्य ले आयोजना गरिएको दुबै तर्फका जनप्रतिनिधि सहितको उपस्थितिमा संघले उक्त कार्यक्रम को आयोजना गरेको हो ।
नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौ उपशाखा कार्यालय पुनर्वास त्रिभुवनबस्ती कञ्चनपुरले नेपाल भारत मैत्री संघ पुनर्वासको पाँचौ अधिवेशन सम्पन्न गरेको छ । संघका सभापति बिस्वनाथ बिष्ट को सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहेका थिए ।
अधिवेशनले बिस्वनाथ बिष्टको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा गठन गरेको छ । समितिको उपाध्यक्षमा छबिलाल खनिया , महिला उपाध्यक्षमा मेनुका उप्रेती , सचिव मा नवीन कुमार तिमिल्सिना , कोषाध्यक्षमा देवि भट्ट सदस्यहरूमा कुबेरनाथ , तौला राना , राजेन्द्र सिंह धामि , खगेन्द्र ओझा , भरत कुमार बस्नेत , एक कुमार श्रेष्ठ र बिमल कुमार बिस्वकर्मा चयन भएका छन । कार्यक्रममा छिमेकी राष्ट्र भारत लखिमपुर खिरि घोला ग्राम पञ्चायत का प्रधान जोगराम सिंह , सुमेरनगर ग्राम पञ्चायत का प्रधान सुनिल सिंह , मिर्चिया ग्राम पञ्चायत का प्रधान कुलदिप सिंह , बसहि ग्राम पञ्चायत प्रधान राजनाथ यादव , रानिनगर ग्राम पञ्चायत प्रधान जितेन्द्र यादव अमर उज्याला पत्रकार बिरेन्द्र सिंह लगायत अतिथिका रूपमा सहभागी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि का रूपमा रहनुभएका पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले छिमेकी राष्ट्र भारतको विभिन्न ग्राम पञ्चायतबाट आएका प्रधानहरूलाई स्वागत गर्दै यो कार्यक्रम ले दुई देश बिचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने कुरामा जोड दिनुभयो । सम्बन्ध लाई अझ गहिरो बनाउन सर्वसाधारण नागरिकहरूलाई कार्यक्रम को सकारात्मक पक्षमा सचेतना गराउन दुबै तर्फका जनप्रतिनिधि हरूको नैतिक जिम्मेवारी रहने नगर प्रमुख शर्माले औंल्याउनुभयो ।
निवर्तमान नगर प्रमसख जिबनराज थापाले नेपाल र भारत विगत ईतिहासदेखि रोटी र बेटिको सम्बन्ध रहि आएको छ यद्यपि बेलाबेलामा सिमा विवाद का समस्या पनि आईरहन्छन जसले गर्दा सिमा क्षेत्र का आम नागरिकले दुख पाउने गरका छन यस्तो परिस्थितिमा दुबै तर्फका जनप्रतिनिधि तथा जिम्मेवार नागरिकले सम्बन्ध सुधारका लागि भुमिका निर्वाह गर्नुपर्ने थापाले जोड दिएका थिए । रानिनगर ग्राम पञ्चायत प्रधान जितेन्द्र यादवले नेपाल भारत मैत्री संघले आयोजना गरेको कार्यक्रम अत्यन्तै ऐतिहासिक तथा प्रभावकारी रहेको बताए । हामीले अपेक्षा गरेको भन्दा बढी माया र सम्मान पायौं हामिहरू अत्यन्तै खुसि भएका छौ यादवले बताए । घोला लखिमपुर खिरि ग्राम पञ्चायत प्रधान जोगराम सिंहले मैत्री संघले आयोजना गरेको कार्यक्रम को धन्यवाद दिँदै यस्ता कार्यक्रम हरू दुई तीन महिनाको अन्तर मा नियमित भैरहनुपर्ने बताए ।
उनलेे सिमा क्षेत्रमा हुनसक्ने नकारात्मक गतिविधि लाई न्युनिकरण गर्न आफ्नो तर्फबाट पनि पहलकदमि गर्ने प्रतिबद्धता व्यक्त गरे । निवर्तमान नगर उप प्रमुख सारदा बिष्ट धामीले पछिल्लो समय भारतमा उत्पादित अखाद्य पेय पदार्थ अवैधरूपमा नेपाल भित्रीने गरेको र त्यसको सेवनले आम नेपाली नागरिक हरूको स्वास्थ्य मा प्रतिकुल असर परिरहेको बताउनुभयो । त्यसलाई रोक्न नेपाल तर्फबाट धेरै प्रयासहरू हुँदै आएपनि नियन्त्रण हुन सकेको छैन । त्यसतो अखाद्य पेय पदार्थ को भारतीय प्रशासनले पनि चेकजाँच तथा अनुगमन गरि प्रतिबन्ध गरिनुपर्ने धामिले जोड दिनुभयो ।
उहाँले खुला सिमानाको फाईदा उठाउदै केही गिरोहले मानव तस्करी तथा मानव बेचबिखन जस्ता जघन्य अपराध गराउने गरेको उल्लेख गर्दै मित्र राष्ट्र भारत का जनप्रतिनिधि ले त्याहाँ को प्रशासन को सहयोगमा यस्ता अपराध लाई नियन्त्रण गर्न लाग्नुपर्ने कुरामा जोड दिनुभयो । आफ्नो कार्यकालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पटकपटक त्यसता जनचेतनामूलक कार्यक्रम को आयोजना गर्दै आएको धामीले बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad
















I am really impressed along with your writing talents as well as with the format on your weblog. Is this a paid theme or did you customize it yourself? Anyway stay up the nice quality writing, it’s rare to look a great weblog like this one today. !
видео mailsco online оказаться интересным занятием.
Технология html5 существенно расширяет возможности для участников.
Also visit my web page; ramblermails.com