
ट्राफिक प्रहरी कैलालीद्धारा साढे एघार सय बढी सवारी चालकलाई सचेतनामूलक कक्षा
Above Article Content Ad
धनगढी । ट्राफिक प्रहरी कार्यालय कैलालीले सचेतनामूलक कक्षा सञ्चालन निरन्तरता दिएको छ ।
लेन अनुशासन पालना नगर्ने,तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी साधन चलाई कारबाहीमा परेका सवारी चालकलाई लेन अनुशासन पालना, तीव्र गति र मा.प.से सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको छ ।
जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीका अनुसार प्रत्येक हप्ताको शुक्रवार सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको बताए । उनले हालसम्म सो सचेतनामूलक कक्षामा ११ सय ५५ जना सवारी चालकलाई प्रशिक्षण प्रदान गरिएको बताए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad