Above Article Ad
  • सुदूरपश्चिममा दशैँका बेला सवारी दुर्घटनाको रेकर्ड ब्रेक, ६ जनाको मृत्यु, २४३ घाइते

    Above Article Content Ad
  • धनगढी -सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ ।

    घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

    Article inline ad #1
  • प्रहरीकाअनुसार सबैभन्दा धेरै कैलालीमा ८८ सवारीसाधन दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक सय ४६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु हुँदा ५० जना घाइते भएका छन् । यी दुई बाहेक अन्य जिल्लामा सवारी दुर्घटनामा मानिसको मृत्यु भने भएको छैन् ।

    Article inline ad #2

    डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा २र२ तथा बझाङ र बैतडीमा १र१ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४७ जना घाइते भएका छन् । यो दशैँमा भएका सवारी दुर्घटनाको संख्याले अघिल्लो वर्षको रेकर्ड भने ब्रेक गरेको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म दुर्घटना भएका भन्दा यो दशैँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीकाअनुसार गत वर्ष दशैँदेखि छठ पर्वसम्म प्रदेशभर एक सय २२ सवारीसाधन मात्र दुर्घटनामा परेका थिए । ती दुर्घटनामा २३ जनाको मृत्यु हुँदा दुई सय ५३ घाइते भएका थिए । तर, यो वर्ष भने दशैँमै एक सय ५२ दुर्घटनामा छ जनाको मृत्यु र दुई सय ४३ जना घाइते भएका छन् ।

    ट्राफिक प्रहरीको यो तथ्यांकले चाडपर्वका बेला हुने सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने कुरा चुनौतीपूर्ण बन्दै जान थालेको छ । तर, दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घट्ने कुरालाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6