
नेपाल भारत सीमा क्षेत्रबाट दुई राँगा एक गाडा र ७६ क्युफिट काठ बरामद
पुनर्वास -कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र भारतबाट अवैध रूपमा नेपाल लुकाइ छिपाइ ल्याएको राँगा डल्लब सहितको सालको काठ बरामद गरेको छ ।
मंगलबार राति १०बजे सशस्त्र प्रहरी बल नेपाल बिओपी दोदाबाट खटिएको गस्ती टोलीले राँगा डल्लब सहितको अवैध काठ नियन्त्रणमा लिएको हो ।
राति१० बजेको समयमा तस्करहरू फरार हुन सफल टोलीले पूर्वमा दुदुवा नेसनल पार्क, पश्चिममा परासन, उत्तरमा पुनर्वास नगरपालिका–१० विकास बस्ती र दक्षिणमा बीचफाटा पर्ने इलाकामा भारतबाट नेपालतर्फ आउँदै गरेको डल्लव रोकेको थियो ।सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुलीको कमाण्डमा खटिएको गस्ती टोलीले डिभिजन वन कार्यालयले अनुसन्धान सुरु गरेको छ।सो क्रममा दुईवटा राँगाले तानेको डल्लवमा लोड गरिएको ९ गोलिया करिब ७६ क्युफिट काठ फेला परेको हो ।
बरामद गरिएको दुईवटा राँगा, एउटा डल्लव र ७६ क्युफिट काठलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउने सब–डिभिजन वन कार्यालय, कुण्डामा सशस्त्र प्रहरी बल बिओपी दोदाले बताउनुभयो।
खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले रातको समयमा वन पैदावार तथा चौपायाको अवैध ओसारपसार गर्ने गरेकाले सशस्त्र प्रहरीले यस क्षेत्रमा निगरानी र गस्तीलाई तीव्रता दिएको छ । बरामद सामग्रीको बजार मूल्य र तस्करहरूको पहिचानबारे वन कार्यालयका अधिकृत दिनेश कुमार यादवले थप अनुसन्धान अघि बढाउने जानकारी दिनुभयो ।














