Above Article Ad
  • कञ्चनपुर निर्वाचन क्षेत्र १ मा ४ स्वतन्त्र सहित १९ जनाको उम्मेदवारी दर्ता

    Above Article Content Ad
  • बेलौरी।कञ्चनपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका १५ जना तथा स्वतन्त्र उम्मेदवार ४ जना गरी १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार नेपाल मजदुर किसान पार्टीबाट कटक बहादुर शाही, मंगोल नेशनल अर्गिनाइजेशन पार्टीबाट होम बहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देपेन्द्र बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी, राष्ट्रिय जनमोर्चा पार्टीबाट राजाराम चौधरी र उज्यालो नेपाल पार्टीबाट माइकल तामाङ उम्मेदवार रहेका छन्।त्यसैगरी नेपाली कांग्रेसबाट गोपी प्रसाद उपाध्याय, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्ली बहादुर शाही, नागरिक उन्मुक्ति पार्टी नेपालबाट कृष्ण चौधरी, नेकपा एमालेबाट तारा लामा तामाङ, नेपाली कम्युनिष्ट पार्टीबाट बिना मगर, आम जनता पार्टीबाट सिता विक तथा नेकपा माओवादीबाट पुरन रानाथारु उम्मेदवार बनेका छन्।

    Article inline ad #1
  • संयुक्त नागरिक पार्टीबाट दानियल विक, मितेरी पार्टी नेपालबाट सियाराम रानाले उम्मेदवारी दर्ता गराएका छन् भने यादव सिंह,अनिल राना‌, रुपादेवि बिष्ट र मञ्जुदेवी सुनारले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6