Above Article Ad
  • कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्थाको१६ औं वार्षिक साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका– ३मा रहेको कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शुक्रबार एक भव्य समारोहका बीच संस्थाको १६ औं साधारण सभा सम्पन्न भएको हो।

    Article inline ad #1
  • साधारणसभामा संस्थाका अध्यक्ष सुकबहादुर तामाङको सभाध्यक्ष तथा जेष्ठ नागरिक शेयर सदस्य बाङकेल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका अधिकृत तथा सहकारी शाखा प्रमुख धौलाराम सार्की, संस्थाका संस्थापक अध्यक्ष बुद्धिजीवी तथा समाजसेवी दिपबहादुर तामाङ हुनुहुन्थ्यो।

    Article inline ad #2

    त्यस्तै,अतिथिहरूमा पुनर्वास नगरपालिका कृषि शाखा प्रमुख ललिता चौधरी, समाजसेवी यम प्रसाद पौडेल, साना किसान कृषि सहकारी संस्था कालिकाका अध्यक्ष मिना बिष्ट ,संस्थापक सदस्य एवं समाजसेवी चमेली तामाङ, देवी लोहिनी
    लगायतको उपस्थिति रहेको थियो ।

    साधारण सभामा आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिबेदन, आर्थिक बर्ष प्रस्तुत गरिएको थियो ।
    सहकारीले आर्थिक बर्ष २०८१/०८२ मा १ करोड २२ लाख ५ हजार २ सय १३ रुपैयाँको कारेबार गरेको संस्थाका अध्यक्ष सुकबहादुर तामाङ जानकारी दिनुभयो ।

    कार्यक्रममा उत्कृष्ट बचतकर्ताको तर्फबाट एलिसा ढकाल, प्रमुख अतिथि बाङकेल तामाङ ब्ल्याङ्केट दोसल्ला ओढाई सम्मान गरिएको थियो।

    सुत्केरी शेर सदस्यहरूलाई न्यानो लुगा वितरणमा दया तामाङ ,लक्ष्मी बिक, करिना तामाङ ,चन्द्राकामी ,गंगा शाही राणा बाल बचतकर्ताको तर्फबाट एलसीका तामाङ, प्रिस्मा तामाङ, ग्रिसमा तामाङ ,कुसुम बडु,साहस तामाङ, हेमान्सी तामाङ ब्याग वितरण गरिएको थियो ।

    असल ऋणीकर्ताको तर्फबाट लह धामी नागरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धोखे राना सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो

    सभापतिको आसनबाट बोल्नुहुदै कालिका कृषि बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष सुकबहादुर तामाङले  सहकारीको सफलता शुभकामनासँगै एउटै उद्धेश्य बोकेका सहकारी अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्र मात्र नभइ समुदायको एकता र परिचालनसँग सम्बन्धित विषय भएको सहकारी अनुशाशित भई अगाडि बढाउन आवश्यक  शेयर सदस्यसँग मिलेर एकताबद्ध भई सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा काम गर्नेसमेत प्रतिबद्धता जानकारी दिनुभयो। छिटै सहकारीलाई अझ व्यवस्थित बनाउन यही माघ २ गते बाट शुद्ध तोरीको उत्पादन लागि तेल उद्योग सञ्चालनमा ल्याउने अध्यक्ष तामाङले बताउनुभयो।


    कालिका सहकारीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागीता रहेको कार्यक्रम
    संचालन व्यवस्थापक यशोदा भट्टले गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by