Above Article Ad
  • बेलौरी-पुनर्वासमा मनाइयो ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको बेलौरी र पुनर्वासमा आईतबार राष्ट्र निर्माता पृथ्वी नारायण शाहको स्मृतिमा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइएको छ।

    कार्यक्रमको सभापति पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता समितिका अध्यक्ष टेक बहादुर साउदको,प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, विशिष्ट अतिथिमा महाकाली माध्यामिक विद्यालय पूर्व प्राचार्य प्रेम सिंह बोहरा, पुनर्वास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मनोज जैशी,अतिथिमा महाकाली माध्यामिक विद्यालय पूर्व प्राचार्य द्वय केशवराज जोशी, हर्क सिंह कुँवर, बेलौरी उद्याेग बाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्ट, श्रीपुर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष गोविन्द प्रसाद सापकोटा,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भूतपूर्व सैनिक, लगायत शिक्षक, बिधार्थी सहितको उपस्थिति रहेको थियो।

    Article inline ad #1
  • कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख चौधरीले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै नेपाललाई एकीकरण गरेर स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित गर्ने पृथ्वी नारायण शाहको योगदानलाई भावी पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड्दिनुभयो।कार्यक्रमका सभापति टेकबहादुर साउदले पृथ्वी जयन्ती केवल औपचारिक कार्यक्रम मात्र नभई राष्ट्रिय चेतना जगाउने अवसर भएको बताउँदै पृथ्वी जयन्तीले हामी सबैलाई एकताबद्ध भएर देशप्रति जिम्मेवार बन्ने प्रेरणा दिएको बताउनुभयो।

    Article inline ad #2

    बेलौरी बजारबाट सुरु भएको प्रभातफेरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भूतपूर्व सैनिक तथा समुदायका प्रतिनिधि र स्थानीय विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रभातफेरीमा झाँकीसहित बजार परिक्रमा गरिएको थियो।कार्यक्रममा बोल्दै अधिकाँश वक्ताले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम नगरपालिकाले नै आयोजना गर्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रम बेलौरी बाल उद्यानमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण, सांस्कृतिक प्रस्तुति तथा विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।कार्यक्रमको सञ्चालन खड्क शाहले गर्नुभएको थियो। 

    त्यस्तै पुनर्वास नगरपालिका ८ प्रगति बजारमा स्वतन्त्र युवा समूहले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै साँझ दीप प्रज्वलन गरी मनाएको थियो।

    कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले मार्चपाससँगै विभिन्न स्थानीय कला संस्कृति झल्कने प्रतिभाहरू पनि प्रस्तुत गरेका थिए ।

    सो स्वतन्त्र युवा समूहले प्रत्येक वर्ष पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउँदै आइरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by