टिकटकमा भाईरल बन्दै पुनर्बासका लोकेश पाल ठकुरी
Above Article Content Ad
पुनर्वास: पछिल्लो समय टिकटकमा भाईरल भैरहेको एउटा नाम हो लोकेश पाल ठकुरी, उहाँको टिकटक हेर्ने जो कोहिपनी नहासेर बस्नै सक्दैन ।
समाजका हरेक विषयबस्तुलाई ब्याङगात्मक तवरले उठाउन सक्ने र हास्यब्याङे मार्फत सुसुचित गर्नेमा उहाँको टिकटिकले महत्त्वपुर्ण सन्देश दिएको देख्न र हेर्न सक्छौ। बुवा गोपाल पाल र आमा जानकी पालको कोखबाट बि. सं. २०४८ साल भदौ १० गते दार्चुलाको महाकाली नगरपालिका -६ मा जन्मेर हाल कंचनपुरको पुनर्बास-६ ङ गाउँ स्थित प्रगती टोल बस्दै आउनु भएका लोकेस पाल ठकुरी अहिले एम.आर. पेशामा आवद्ध हुनुहुन्छ। उहाँ जागीर संगसंगै टिकटकमा पनि उतिकै सक्रिय हुनुहुन्छ। झण्डै १५ बर्ष अघि पुनर्बासमा बसाइँसराई गरि आउनु भएका लोकेशको परिवार अहिले पुनर्बासमै खेतिपाती गरेर बसेको छ । बि. स. २०६० सालमा जन्मदिने आमाको निदनपछि कान्छी आमा मायादेबि पालको हेरचाह र स्याहारसुसारमा उहाँको दैनिकी चलेको थियो ।
निकै सघर्षपुर्ण जिवनयापन गर्दै अहिलेको चर्चित टिकटकरका रुपामा चिनाउन सफल लोकेशले एसएलसी २०६५, माद्यामिक तह २०६७ र पुनर्बास जनता मा.बि.बाट स्नातक सम्म अध्ययन गर्नु भएको छ। आमाको निदन पछि राम्ररी अध्ययन गर्न नपाएनि २०७० बाट आफै काम गर्दै अध्ययन गर्दै अघि बढेको उहाँले बताउनुभयो । बि.सं. २०७६ माघ २ मा पुनर्बासकै गिता पौडेल संग बिबाह बन्दनमा बाधिनु भएको लोकेशको हाल २ बर्षकी छोरी प्रियान्सा पाल ठकुरी समेत भएकी छन। अहिले उहाँ धनगढी बसेर आफ्नो जागिरलाई निरंतरता दिईरहनु भएको छ।
अहिले एम.आर पदमा रहि कार्य गरि राख्नु भएको लोकेशले काम गर्दै जादा भारतको दिल्लीमा अफिसबाट सन २०१६ प्राप्त गरेको गोल्ड मेडल सबैभन्दा खुसीको पल बनेको बताउनु भयो। हामी संगको कुराकानीमा उहाँले निरास हुँदै नेपालमा जति गरेपनी प्रगति हुन नसकेको भन्दै अबको योजनामा उहाँले वैदेशिक रोजगारको पाटोमा अफुले सोचीरहेको बताउनुभयो। तर सबैको साथ सहयोग पाए कलाकारितामा प्रबेश गरि कमेडी तरिकाको भिडियो निर्माण गर्ने मन भएको उहाँले बताउनुभयो । लोकेश भने जस्तै सदैव सफल बन्नुहोला । हाम्रो पनि शुभकामना।
केही भिडियो !!
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
8
+1
1
+1
2
+1
2
+1
+1
Below Article Content Ad