
लोकसेवा आयोगको ६ परिक्षामा सफल भएकी भाईरल बाजुराकी छायाले गरिन् विवाह
पुनर्वास– गत वर्ष लोक सेवा आयोगको ६ परिक्षामा उत्र्तिण भई भाईरल बनेकी बाजुराको बुढिगंगा नगरपालिका–६ की छाया जैशीले विवाह गरेकी छिन् ।
उनले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा घर भई बझाङको थलारा–१ स्वास्थ्य चौकी ईन्चार्जको रुपमा कार्यरत महेश भट्टसँग हिन्दु संस्कार अनुसार मागी विवाह गरेकी हुन् ।
भट्ट र जैशी बिचको लामो समयदेखिको प्रेम सम्बन्धले मंसिर ८ गते पूर्णता पाएपछि सुदुरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल गोदावरी धाममा विवाह भएको थियो ।
उनले दुई दिन अघि सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्बीर सार्वजनिक गर्दै विवाह भएको जानकारी गराईन ।
हाल राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज,बाँकेमा कार्यरत छाया जैशीले गत वर्ष १० महिनाको अवधीमा कोसी,बागमती,लुम्बिनी,कर्णाली,सुदुरपश्चिम र संघिय लोकसेवा आयोगको परिक्षामा उत्र्तिण भएकी थिईन् । उनी छोटो अवधीमा ६ परिक्षामा पास हुने पहिलो प्रतिस्पधी हुन् । उनको विभिन्न मिडियाले समाचार प्रकाशन समेत गरेको थियो ।
















