
आयल निगमको डिपो धनगढीबाट सारिदै
Above Article Content Ad
धनगढी: नेपाल आयल निगमले सुदूरपश्चिममा इन्धन वितरण गर्ने धनगढीस्थित प्रादेशिक कार्यालय स्थानान्तरण प्रक्रिया सुरु गरेको छ। डिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको हो। निगमको भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख प्रदीप यादवले सरकारी जग्गा खोजी गरे पनि नपाएपछि निजी जग्गा किन्न लागेको जानकारी दिए। उनका अनुसार नयाँ डिपोका लागि २० बिघाभन्दा बढी जग्गा आवश्यक छ। पत्रकार सम्मेलनमा उनले भने, ‘कैलालीको गोदावरी नगरपालिका– ८, अत्तरिया क्षेत्रमा जग्गा पनि भेटिएको छ। खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउन लागिएको छ।’ प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जग्गा प्राप्तिसम्बन्धी समितिमार्फत खरिद गर्न लागिएको र विवाद नहुने गरी काम गर्ने यादवले बताए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad