
कैलालीको गोदावरीमा सेनाको फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट, दुई सैनिक घाइते
Above Article Content Ad
धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्देवी फायरिङ रेन्जमा नेपाली सेनाको नियमित फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्यान्ड ग्रेनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन्।
घटनामा सहायक सेनानी विक्रम कार्की र सैनिक रञ्जित थारु घाइते भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब ८:२० बजे अभ्यास चलिरहेको बेला अचानक ग्रेनेड विस्फोट भएको थियो।
Article inline ad #1
विस्फोटमा परी घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि नेपाल आर्मी अस्पताल, बोराडाँडी लगिएको छ। अस्पताल स्रोतका अनुसार हाल उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















