Above Article Ad
  • पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजीकार्य जारी

    Above Article Content Ad
  • काठमाडौं : काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको बाढीबाट हिजो (सोमबार) बेपत्ता भएकी महिलाको खोजी कार्य जारी छ ।

    उक्त खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । उनको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।खेतबारीबाट काम गरी घर फर्कने क्रममा सोमबार साँझ आएको बाढीमा परेर उनी बेपत्ता भएकी थिइन् ।

    Article inline ad #1
  • लगत्तै, हिजोबाटै उनको खोजी कार्य सुरु गरिएको थियो । फेला पर्न नसकेपछि उनलाई आजबिहान पुनः खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by