Above Article Ad
  • मोरङको धनपालथानमा आगलागीमा परेका भनिएका एक बालक सकुशल भेटिए, एकको मृत्यु

    Above Article Content Ad
  • विराटनगर – मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् ।

    एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ ।धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको थियो ।

    Article inline ad #1
  • तर, आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले अनलाइनखबरलाई बताए ।अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ ।

    Article inline ad #2

    आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् । उनी अनितका छोरा हुन् ।घटनास्थल पुगेर फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बालक घर नजिकै बारीमा फेला परेका हुन् । उनको अवस्था सामान्य छ ।

    प्रहरीका अनुसार आज दिउँसो सुरु भएको आगलागीमा परी ९ वटा घर जलेका छन् । आगो लगभग नियन्त्रणमा आएको डिएसपी जोशीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by