Above Article Ad
  • कञ्चनपुरमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका सबै महिला फेला

    Above Article Content Ad
  • धनगढी– च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरका सबै महिला फेला परिसकेका छन् ।

    आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएका लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर टेलिफोनमार्फत सम्पर्कमा आएका थिए ।

    Article inline ad #1
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

    Article inline ad #2

    प्रहरीका अनुसार वर्षाका कारण जंगलमा लागेको कुहिरोले उनीहरु जंगलमा अल्मलीएका थिए । घर फर्किने बाटो भुलेपछि उनीहरु सम्पर्कविहिन भएका थिए ।

    उनीहरुले आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार फेला परेको प्रहरीले बताएको छ ।

    उनीहरू ९ जना र ५ जनाको समूह बनाएर च्याउ खोज्न हिंडेका थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतका अनुसार सबैजनालाई फेला पारि आ–आफ्नो घर पठाइसकिएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6