Above Article Ad
  • प्रधानमन्त्री प्रचण्डलाई मेयर पाेतिलाल द्वारा बेलौरी नाका विस्तारकाे माग

    Above Article Content Ad
  • बेलाैरीकञ्चनपुर -कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चाैधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार मेयर चौधरीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

     

    Article inline ad #1
  • May be an image of 2 people and people standing

    Article inline ad #2

     

    माओवादी नेतृ समेत रहेकी पूर्व खानेपानीमन्त्री बिना मगर, बेलौरी नगरका मेयर चौधरी सहितका क्षेत्रका नेता तथा जनप्रतिनिधीले संयुक्तरूपमा प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबारमै भेटेर ज्ञापन पत्र बुझाएकाे हाे ।

    बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी नाका विस्तारको मुख्य माग सहित दक्षिणी क्षेत्रका विविध समस्या, सीमा समस्या सहितको विषय अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

     

    May be an image of 6 people, people standing and indoor

     

    ‘हामीले मुख्य गरेर बेलौरी भन्सार नाका स्तरोन्नतीको माग अघि सारेर प्रधानमन्त्री प्रचण्ड ज्यूलाई ज्ञापन पत्र बुझाएका छौँ, ‘मेयर चौधरीले भने, ‘भन्सार सहित दक्षिणी क्षेत्रको सीमा समस्या, आरक्षपीडित सहितका विविध विषयमा स्मरण गराएका छौँ ।’ मेयर चौधरीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले यस विषयमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

     

    May be an image of 7 people, people standing and indoor

     

    यस अघि पूर्व खानेपानीमन्त्री बिना मगरकाे नेतृत्वमा बेलौरीका मेयर पाेतिलाल चौधरी, नेता अमर चाैधरी, लालबहादुर चाैधरी, विक्रम चाैधरी सहितको टोलीले गृहमन्त्री, भौतिक, शहरी, खानेपानी, उर्जा सहितका विभिन्न मन्त्रालयमा क्षेत्र नम्बर १ को दिगो विकास र सम्बृद्धिका लागि ज्ञापन पत्र बुझाईएको थियो ।

     

    May be an image of 9 people and people standing

    May be an image of 5 people, people standing, people sitting and indoor

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button