Above Article Ad
  • समृद्ध र नमुना नगरपालिका बनाउनमा मेरो पनि सपोर्ट हुन्छ : निवर्तमान मेयर थापा

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जिवनराज थापाले समृद्ध र नमुना नगरपालिका बनाउनमा मेरो पनि सपोर्ट हुने बताएका छन् ।

    मंगलबार नगरपालिकाको सभाहलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै निर्वतमान नगर प्रमुख थापाले सो कुरा बताएका हुन् ।

    Article inline ad #1
  • उनले राजनितिमा कुनै आग्रह पुर्वाग्रह राख्न नहुने भन्दै आफु प्रतिपक्षमा भएपनी नगरका हरेक कार्यहरुमा आफ्ना अनुभव सहित आफुले पुर्ण सहयोग गर्ने बताएका थिए ।

    Article inline ad #2
  • “हामीले नगरपालिकामा १ सय २८ ऐन कानुन बनाएका छौ, तपाईहरुलाई धेरै सहजता हुन्छ ।” उनले भने, “नयाँ टिम जनप्रीय हुने विश्वास छ, नगरपालिकाको विकास गर्ने जिम्मा जनप्रतिनिधिको मात्रै हैन । हामी सबैको दायित्व हो ।”

    नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा लगायत सम्पूण निर्वाचित टिमलाई हार्दिक बधाई तथा शुभकामना सहित कृषिमा विशेष जोड दिँदै विद्युतिय सिचाईलाई प्राथमिकता दिन आवश्यक रहेको अवगत गराएका थिए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button