
पुनर्वासको बिचफाँटामा माघ ११ देखि दोस्रो सरस्वती कप हुँदै
Above Article Content Ad
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा दोस्रो सरस्वती कप सञ्चालन हुने भएको छ ।
कोभिडका कारण दुई वर्ष रोकिएको सरस्वति कप परोपकार समाज नेपालको आयोजनामा माघ ११ गते सरस्वति पुजाका दिन सञ्चालन हुने भएको हो ।
कार्यक्रममा पुनर्वास नगरपालिका स्तरीय प्राथमिक विधालय तह हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने समाजका सचिव ईश्वर बुढाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई दश हजार एक सय पचपन्न रुपैँया र दोस्रो हुने टिमलाई पाँच हजार एक सय पाँच रुपैया पुरस्कारको व्यवस्था गरिएको सचिव बुढाले बताए ।
सरस्वती आधारभुत बिधालय खड्डाको प्राङ्गणमा सञ्चालन हुने सो प्रतियोगितामा एक बिधालयबाट एक छात्रा र दुई छात्र सहभागी हुन मिल्ने नियम तोकेको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad