Above Article Ad
  • पुनर्वासको अमर श्रीकृष्ण वन समितिको नयाँ भवनको शिलान्यास

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको दक्षिणी भेग पुनर्बास नगरपालिका–११ अमरबस्ती स्थित श्री अमर श्रीकृष्ण बन उपभोक्ता समितिको लामो समयदेखि बन्न नसकेको भवनको आज एक विशेष समारोहबीच शिलान्यास गरिएको छ।

    शिलान्यास कार्यक्रममा समितिका अध्यक्ष प्रेम बानियाले भने यो भवन हाम्रो सपना र आवश्यकताको परिणाम हो, जुन आजबाट वास्तविकतामा रुपान्तरण हुँदैछ। अब यो भवन निर्माणले हाम्रो सेवा क्षमता र कार्य दक्षता दुवैमा नयाँ ऊर्जा भर्नेछ।

    Article inline ad #1
  • उपाध्यक्ष खगेन्द्र सिंह धामीले भने समुदायको एकता र धैर्यको फल आज हामीले पाएका छौँ, यो भवन हाम्रो साझा सम्पत्ति हो।

    Article inline ad #2

    वडा सदस्य पदम सिंह धामीले भवन निर्माणका लागि निरन्तर सहकार्य र सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आह्वान गरे।

    यस अवसरमा कुन्डा सब–डिभिजन बन कार्यालय, पचकडिया, कञ्चनपुरका अधिकृत दिनेश कुमार यादवले भने, “यो भवनले समितिको प्रशासनिक काम मात्र होइन, सामुदायिक बन संरक्षण र व्यवस्थापनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ। यसले स्थानीय वन स्रोतको दिगो उपयोगमा सकारात्मक प्रभाव पार्नेछ।”

    कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, महिला समूहका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियो।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6