Above Article Ad
  • काठमाडौं महानगरमा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध, बालेमा १० हजार जरिबाना

    Above Article Content Ad
  •  काठमाडौं – काठमाडौं  महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ ।

    चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै महानगरले यस्ता वस्तु बाल्न रोक लगाइएको जनाइएको हो ।

    Article inline ad #1
  • जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । ‘प्रदूषण बढ्न यसरी खुला रूपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा छ,’ विभाग प्रमुख सरिता राईले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यस्तो निर्णय गरिएको हो ।’

    वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्छ । ती व्यक्तिसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा त्यस्ता वस्तु नबालेर धुँवा उत्सर्जन घटाउनुपर्नेमा महानगरको जोड छ ।

    Article inline ad #2
    महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा आर्थिक ऐन २०८२ बमोजिम कारबाही हुने विभाग प्रमुख राईको भनाइ छ ।

    यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिबाना हुनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by