Above Article Ad
  • अभिभावले बच्चामा फेब्राइल सीजर ध्यान दिनुपर्ने कुराहरु

    Above Article Content Ad
  • बालबालिकाहरुलाई ज्वरो आउनु एक सामान्य कुरा जस्तो भएपनि कहिलेकाही उच्च ज्वरोले गर्दा बच्चाहरूलाई झट्का (कम्पन/चम्की) आउनसक्छ, जसलाई फेब्राइल सीजर भनिन्छ । खासगरी ६ महिनादेखि ५ वर्षसम्मको बच्चाहरुलाई जुनसु‌कै कारणले गर्दा अचानक अत्यधिक ज्वरो (३८°सी वा माथि) हुँदा झट्‌का आउने गर्छ, जसमा मस्तिस्कको संक्रमण, टाउकोको चोट, मेटाबोलिक असन्तुलन र ज्वरोबिनाको झट्काको इतिहास हुँदैन।  अभिभावकको लागि निकै डरलाग्दो हुने फेब्राइल सीजर बारे सही जानकारी, हेरचाह र सामान्य उपचारले पनि सजिल्यै निको पार्न सकिन्छ।

    यसमा बच्चालाई आउने अनियन्त्रित झट्‌का केही सेकेन्डदेखि मिनेटसम्म रहन सक्छ। अधिकांश केसमा यो हानिरहित हुन्छ र बच्चाको मस्तिष्कमा वा वृद्धि-विकासमा स्थायी प्रभाव पार्दैन ।

    अभिभावले बच्चामा फेब्राइल सीजरको झट्का पहिचान गर्नु जरुरी हुन्छ। बच्चाहरूमा उच्च ज्वरो आउँदा बेहोस हुने, आँखा उल्टाउने, शरीर अररो हुने, जिउ काम्ने, मुखबाट फिज (र्याल) बग्ने, सांस फेर्न अप्ठ्‌यारो भएको जस्तो हुने र दात बाँध्ने जस्ता लक्ष्णहरू देखा पर्न सक्छ ।

    Article inline ad #1
  • जिउ काम्ने बन्द भएपछि पनि केहीबेर बच्चाहरु सुस्त (कमजोर) रहन सक्छ र ज्वरो कम हुँदै जाँदा बच्चाको अवस्थामा क्रमिक सुधार आउन थाल्छ।

    Article inline ad #2

    यसबाट जोगाउन अभिभावकले ज्वरो बढेको संकेत थाहा पाउनासाथ ज्वरो नाप्ने र ज्वरो छ भने चिकित्सकको सल्लाह बमोजिम ज्वरो कम गर्ने औषधी (सिटामोल) दिइहाल्नुपर्दछ । हाइड्रेड राख्ने र आवश्यकता अनुसार पानीपट्टी पनि गर्न सकिन्छ।

    सीजर (कम्पन) आएको बेला ध्यान दिनुपर्ने कुराहरू

        अभिभावकहरु नआतिएर, बच्चालाई सुरक्षित स्थानमा, देब्रे कोल्टो पारेर राख्नुपर्छ ।

        बच्चालाई भुइँमा वा नरम सतहमा सुताउनुपर्छ।

        बच्चालाई चोटपटक लाग्न दिनु हुँदैन।

        मुखमा केही छ भने झिकिदिनुपर्छ।

        लगाएको बाक्ला/टाइट कपडाहरु खोलिदिनुपर्छ र हल्का लुगा लगाइदिनुपर्छ।

        कोठाको तापक्रम कम गर्न हावा जाने-आउने वा  खुल्ला ठाउँ हुनुपर्छ।

        मुखमा चम्चा वा केही हाल्ने वा हातखुट्टा समात्ने/बाध्ने गर्नुहुँदैन।

        सीजर नरोकिंदासम्म औषधी, पानी वा अन्य केही कुरा खुवाउनु हुँदैन, सर्किने सम्भावना हुन्छ ।

         सीजर कति समयसम्म चल्यो भनेर नोट गर्नुपर्दछ।

        यदि सीजर (झट्का/कम्पन) ५ मिनेर भन्दा धेरै आयो भने तुरुन्त चिकित्सको सल्लाह लिनुपर्दछ।

        ज्वरो  घटाउने उपायहरु अपनाउनुपर्छ। (सिटामोल दिने/ पानीपट्टी गरिदिने)

        सीजर हराएपछि रिकभरी पोजिसन मा राख्दि‌नु पर्छ ।

        सम्भव भएमा भिडियो खिचेको राम्रो हुन्छ, जुन पछि चिकित्सकलाई सहयोगी हुनसक्छ ।

    सीजर (झट्का) बन्द भएको २० देखि ३० मिनेटमा बच्चाहरु सामान्य अवस्थामा आउनु पर्छ। यदि लामो समयसम्म सुधार देखिएन भने वा शरीरको कुनै भाग नचल्ने भयो वा धेरै पटक छिटो-छिटो सीजर आयो भने – तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ। ज्वरो र सीजरको कारण पत्ता लगाउन पनि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by