Above Article Ad
  • पुनर्वासको बिचफाटामा तिहार पछि ३ दिने रमाईलो मेला लाग्ने

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-९, बिचफाटामा ३ दिने रमाईलो साँस्कृतिक मेला लाग्ने भएको छ ।

    परोपकार समाज नेपालको आयोजनामा शुभदिपावलीको अवसरमा कार्त्तिक ११ गते देखि १३ गते सम्म रमाइलो साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो ।

    Article inline ad #1
  • उक्त समयमा भारतीय बजार सुमेनगरमा आयोजना हुने मेलामा नेपालीहरु राती जाने र उनीहरू माथी अभद्र व्यवहार समेत हुन थालेपछि त्यसैलाई रोक्न केहि वर्ष अघि देखि मेला आयोजना गर्न थालेको समाजका सचीव ईश्वर बुढाले जानकारी दिए ।

    Article inline ad #2

    सुदुरपश्चिम र मध्यप्रदेशको लोक संस्कृति संरक्षण गर्ने डेउडा, भुवा, पुतला, घासे र ठाडी भाकाहरुका लागि विभिन्न कलाकारहरुको समेत सहभागी रहने मेला आयोजक समितिले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button