कञ्चनपुरका तीन पालिकामा साइरन जडान
Above Article Content Ad
जेठ,३ पुनर्वास ।
कञ्चनपुर जिल्लाका तीन पालिकामा बहुबिपत्त पूर्व सचेतना उपकरण (अडियो इमर्जेन्सी वार्निङ एण्ड नोटीफिकेसन सिस्टम) साइरन प्रणाली जडान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित विपद् जोखिम व्यवस्थापनमा सबलताका लागी सहकार्य (स्टोङ्ग इन डी.आर.एम) परियोजनाको सहजीकरण र राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बहुप्रकोपीय पूर्व सूचना प्रणाली पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा (साइरन प्रणाली) जडान गरिएको हो ।
यो साइरन प्रणाली पुनर्वास नगरपालिको वार्ड नम्बर ५ स्थित चन्द्र बाल आधारभूत विद्यालयमा जडान गरिएको नेपाल रेडक्रस सोसाइटीका पालीका सहायक सन्तोष बोहराले जानकारी दिए ।
यस्तै लालझाडी गाउँपालिकाको वार्ड नम्बर १ स्थित शारदा माध्यमिक विद्यालय, वार्ड नम्बर २ स्थित स्वास्थ्य चौकी सङ्करपुर, वार्ड नम्बर ३ स्थित खानेपानी टयांकि नन्दगाउ र वार्ड नम्बर ४ स्थित खानेपानी टयांकि सिकलपट्टिमा जडान गरिएको उनले बताए ।
बहुबिपत्त पूर्व सचेतना उपकरण (अडियो इमर्जेन्सी वार्निङ एण्ड नोटीफिकेसन सिस्टम) साइरन प्रणाली शुक्लाफाँटा नगरपालिकाको वार्ड नम्बर ८ स्थित श्री सिद्ध नाथ मा बि, वार्ड नम्बर १२ काला गौडी स्थित वडा कार्यालय र वार्ड नम्बर ५ गर्जुमनी स्थित वडा कार्यालयमा जडान गरिएको छ ।
यो प्रणालीले सम्भावित विपद्बारे सर्वसाधारणलाई सूचित गर्ने छ । यस साइरन प्रणालीमा सिम कार्ड र इन्टरनेटको सुविधा हुने भएकाले स्थानीय पालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट सूचना प्रवाह गर्न सकिने छ । यस प्रणालीले ध्वनि मात्र निकाल्ने नभएर स्थानीय भाषामा समेत सूचना वा जानकारी दिन सक्नेछ । साइरनको ध्वनि उपकरण राखिएको स्थानबाट चारै दिशामा करिब २ किलो मिटर सम्म सुन्न सकिने नेपाल रेडक्रस सोसाइटीका पालीका सहायक सन्तोष बोहराले बताए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Below Article Content Ad