Above Article Ad
  • गृहमन्त्री अर्याल र अमेरिकी राजदूत डिन आर.थम्पसनबीच भेटवार्ता

    Above Article Content Ad
  • काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

    छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

    Article inline ad #1
  • अमेरिकी राजदूत थम्पसनले मुलुकभर शान्ति र सुरक्षा कायम गर्न गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गरेको उनको सचिवालयले जनाएकोृ छ ।

    Article inline ad #2

    जवाफमा मन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन् ।

    भेटमा अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

    त्यसैगरी, मन्त्री अर्यालले निर्वाचन आयोगसँग सुरक्षा आवश्यकताका विषयमा निरन्तर परामर्श भइरहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6