Above Article Ad
  • त्रिभुवन युवा क्लबको साधारण सभा सम्पन्न, पुनः अध्यक्षमा जितबहादुर तामाङ

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-६ स्थित त्रिभुवन युवा क्लबको चुनावी साधारण सभा सम्पन्न भएको छ।

    आइतबार पुरानो कार्यसमितिलाई विघटन गर्दै  पुन: तेस्रो कार्यकालको लागि जित बहादुर तामाङकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

    Article inline ad #1
  • कार्यसमितिको उपाध्यक्षमा सन्त बहादुर भट्ट, सचिबमा उपेन्द्र बस्नेत ,सह-सचिबमा बिमल भण्डारी र कोषाध्यक्षमा मिनबहादुर तामाङलाई चयन गरिएको थियो ।

    Article inline ad #2

    त्यसैगरी, सदस्यहरुमा माया भुजेल, मनमाया थापा मगर, देव बहादुर तामाङ, प्रमिला गुरुङ,  लालबहादुर पौडेल क्षेत्री , सन्तोष घिमिरे सर्वसम्मत चयन भएका छन् । 

    कार्यक्रममा क्लबका सचिब भरत बोहराद्वारा सांगठनिक प्रतिवेदन र नयाँ कार्यसमितिका कोषाध्यक्ष सन्त बहादुर भट्टद्वारा २०८१ साउन ०१ देखि २०८२ असोज मसान्तसम्मको कुल १० लाख २१ हजार ८ सय ४४  बराबरको आय-व्यय विवरण प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा पूर्व अध्यक्ष एवं खेलाडी समशेर बहादुर गुरुङलाई  दोसल्ला ओढाएर ढाकाटोपी लागाइ सम्मान  गरिएको थियो।

    क्लबका सचिब भरत बोहरा‌को स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा पुनर्वास ६ का वडा अध्यक्ष मित्र सिंह लामा रहनुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6