Above Article Ad
  • यस्तो छ खतिवडा ट्रेडर्समा विश्वकर्मा पुजा

    Above Article Content Ad
  • पुनर्वास – आज असोज १ गते अर्थात् विश्वकर्मा पूजा कंचनपुरको पुनर्वास-३ स्थित खतिवडा ट्रेडर्समा पनि सवारी साधनहरुको पुजा गर्दै मनाईएको छ ।

    देशभरका हिन्दु धर्मावलम्बीहरूले विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदै आएका छन् ।

    Article inline ad #1
  • आज कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिबन तथा विभिन्न ध्वजापताका लगाएर रङ्गिन बनाइएको छ ।

    Article inline ad #2

    त्यस्तै,गाडी मर्मत सम्भार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फ्याक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button