Above Article Ad
  • पुनर्वासमा भारतीय भू.पू. सैनिक संघद्वारा भारतको ७६ औं गणतन्त्र दिवस मनाईयो

    Above Article Content Ad
  • पुनर्वास-छिमेकी देश भारतले आइतबार ७६औं गणतन्त्र दिवस धुमधामका साथ मनाएको छ।

    भारतलाई कर्मथलो बनाएका नेपाली भारतीय भुपु सैनिकले भारतीय गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेका हुन् ।

    Article inline ad #1
  • गणतन्त्र दिवस मनाउनुको मुख्य उद्देश्य सन् १९५० जनवरी २६ मा २ वर्ष ११ महिना १८ दिन लगाएर बनेको संविधान कार्यान्वयन भई भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेको त्यो क्षण लाई स्मरण गर्दै प्रत्येक वर्ष २६ जनवरीको दिन भारत बर्षमा धुमधामका साथ गणतन्त्र दिवस मनाउदै आईरहेको छ।

    Article inline ad #2

    उक्त अवसरमा कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास मा पनि भारतीय सेना बाट अवकाश पाएका भारतीय भू.पू. सैनिक संघ नेपाल क्षेत्रिय कार्य समितिले २६ जनवरी २०२५का दिन भारतीय भू.पू. सैनिकहरुको भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजन गरिएको थियो।

    पुनर्वास न्यू सम्राट रेष्टुरेन्ट्नको सभाहलमा सञ्चालन भएको , शुभकामना आदन प्रदान कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै भारतीय सेनाका सुबेदार खेमबहादुर मगरले गोर्खा सैनिकको भूमिका प्राचीनकालदेखि नै साहस, अनुशासन, निष्ठावान् सेवाका लागि प्रख्यात रहेको बताउनुभयो । उहाँले भारत सरकार अनि भारतीय सेनाको पालो अब निबृत्त जिवन बिताइरहेका भुपु सैनिक र उनको परिवारको हेरविचार गर्ने, अनि तपाईं हाम्रो सुखदुखमा साथ दिने हो । तसर्थ कार्यक्रममा यसरीनै सहाभागिता जनाउन आग्रह गर्दै उपस्थित सम्पुर्णमा स्वागत गर्नुभएको थियो।

    कार्यक्रमको अवसरमा अतिथिको आसनबाट बोल्नुहुँदै क्यपटेन जिन बहादुर तामाङ ले भारतीय संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित हाम्रो विकास यात्रा सुनिश्चित गर्ने सबै महान् व्यक्तित्वहरू लगायत आफ्नो जिम्मेवारी निभाउने क्रममा जिवनको आहुति दिने बिर योद्धाहरूलाई हामी सलाम गर्दछौं,’ भन्दै सम्पुर्णमा शुभकामना सन्देश ब्यक्त गर्नुभयो । उहाँले नेपालको विकासमा भारतीय भूपूहरुले पनि राम्रो भूमिका निभाएको छ । यो धेरै नै खुसी को कुरा हो। पल्टनमा सिकेको सिप अनि तपाईं हामी सँग भएको अन्य सिप देश विकासमा लगाउनु तपाईं हाम्रो कर्तब्य हो। तसर्थ निबृत्त जिवन बिताइरहेका सम्पुर्ण सेना र तिनका परिवारहरू बिच भेटघाट र पारस्परिक सम्बन्ध बनाइराख्नु पर्ने बताउनु भयाे।

    यसैगरी गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै क्यपटेन ओम बहादुर रानामगरले देशको लागि कर्तब्य पालनको सिलसिलामा आफ्नो जीवन अर्पण गर्ने महान ती सेनानीहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै भारतको संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित विकास यात्रा सुनिश्चित गर्ने सबै व्यक्तित्वलाई सम्झिँदै हार्दिक अभिवादन सहित बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो।। उहाँले भारतीय गोर्खा सैनिकले भारतमा आइपरेको विभिन्न लडाइँमा मात्र नभएर, हरेक विपत्मा अहम् भूमिका खेलेको भन्दै गोर्खा सैनिकको योगदान अतुलनीय रहेको बताउनुभयो ।

    भु.पू. सैनिक संघ नेपाल क्षेत्रिय कार्य समितिका अध्यक्ष सुबेदार मेजर मान बहादुर तामाङले भारतमा हाल २२ हजार गोर्खा सैनिक गोर्खा पल्टनमा सेवा गरिरहेको र नेपालमा १ लाख २२ हजार गोर्खाली भूपू अनि उनीहरुको परिवारले पेन्सन लिइरहेको जानकारी दिँदै बैंकबाट सहज र सरल तरिकाले पेन्सन लिन बैंकहरुसँग बेलाबेलामा छलफल भैरहेको जानकारी दिनुभयो। उहाँले निकट समयमा भूपू सैनिक र उनका परिवारका लागि बृहत् निशुल्क स्वास्थ्य जाँच को शिविर संचालन गरिने र दिर्घा रोगी उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा गोर्खा सैनिक र तिनको परिवारले उपचारको सुविधा लिन सक्ने ब्यवस्था मिलाई रहेको बताउनुभयो।

    कञ्चनपुरको दक्षिणी भेग स्थित क्षेत्र नम्बर १ का भुपु सैनिक परिवारहरुको सहभागीता रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रम सुबेदार मेजर मान बहादुर तामाङको सभाध्यक्ष र क्याप्टेन ओमबहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन उक्त कार्यक्रमलाई सुबेदार खेमबहादुर मगरको स्वागत मन्तव्य बाट शुरू भएको उक्त कार्यक्रमलाई हवल्दार जित बहादुर तामाङले सञ्चालन गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by