
पुनर्वासको भिमबस्तीका क्यान्सर पीडित ईश्वर बिष्टको आर्थिक अभावले उपचारमा समस्या
पुनर्वास– केही समय यता प्राणघातक रोग क्यान्सरबाट बालकदेखि वृद्धसम्म धेरै मान्छेहरू ग्रसित छन् ।
यस रोगले कुनै उमेर समूहका मान्छेलाई छाडेको भने देखिन्न । कञ्चनपुरको पुनर्वासमा पनि थुप्रै व्यक्तिहरू यस रोगको सङ्क्रमणमा छन् ।
डोटीको सायल गाउँपालिका-३ बेटारा घर भई हाल कञ्चनपुरको पुनर्वास नगरपालिका -१० भीमबस्तीमा बसोबास गर्दै आएका ईश्वर बिष्ट पनि केही समयदेखि प्राणघातक रोग क्यान्सरबाट पीडित छन् ।
भारतमा ज्याला मजदुरी गर्दै परिवारको दैनिकी चलाइरहेका बिष्ट यतिबेला थाइराइड क्यान्सरबाट पीडित छन् ।
एक्कासी बिष्टलाई थाइराइड क्यान्सर देखिएपछि उपचार गराउँदा आफूसँग भएको केही आर्थिकले उपचार सम्भव भएन । ज्याला मजदुरीबाट जसोतसो परिवार पालिरहेका बिष्ट यतिबेला आफ्नै उपचार गर्नका लागि आर्थिक समस्याको चपेटामा छन् ।
विगत पाँच महिनादेखि रोगबाट पीडित बनेका बिष्टले आफन्तसँगै अन्य ठाउँबाट सहयोग र कर्जा लिँदै उपचार गरिरहेका थिए।
उनी क्यान्सरबाट ग्रसित भइरहँदा परिवारमा पनि आर्थिक जोहो गर्ने दरिलो आधार भन्ने कोही छैनन्।
उपचारकै क्रममा उनले अहिलेसम्म ५ लाख भन्दा बढी सिध्याइसकेका छन्। तर स्वास्थ्यमा केही सुधार भएपनि उनको उपचारमा पूर्णविराम भने लागेको छैन । उपचारमा पूर्णविराम नलागेपछि अझै आर्थिक समस्यामा देखिन्छन् ।
घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले क्यान्सर पीडित बिष्टको परिवारमा ठूलो विपत्ति आइलागेको छ ।
क्यान्सर पीडित बिष्टको आर्थिक अभावकै कारण उपचार असम्भव हुने भएपछि यतिबेला घरपरिवार र उनका आफन्तहरूले देशभित्र र बाहिर बस्नुहुने सम्पूर्ण दयालु मनहरुसंग उपचारमा सहयोगको लागि अनुरोध गरेका छ्न ।
उनलाई आर्थिक सहयोग गर्न चाहने व्यक्तिले 9868854119 नम्बरमा सम्पर्क गरी आर्थिक सहयोग गर्न सकिनेछ
















https://shorturl.fm/ZFFdK